वार्तामा रहेका प्रदिप पौडेल भन्छन- एकताबद्ध, परिवर्तित र सबल काँग्रेसको पक्षमा छौं

नेपाली काँग्रेसको संस्थापन पक्षसँग विशेष महाधिवेशन पक्षधरक तर्फबाट वार्तामा सहभागी नेता प्रदिप पौडेलले आफुहरु एकताबद्ध, परिवर्तित र सबल नेपाली काँग्रेसको पक्षमा रहेको बताएका छन् ।

वार्तास्थलबाटै सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली काँग्रेसलाई अझ एकताबद्ध बनाउने बताउदै आफुहरु एकताबद्ध, परिवर्तित र सबल नेपाली काँग्रेसको पक्षमा रहेको बताएका हुन् ।

उनले भनेका छन्- ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली काङ्ग्रेसलाई अझ एकताबद्ध बनाउनेछ । हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौं ।’

सभापति शेरबहादुर देउवाले औपचारिक रुपमा विशेष महाधिवेशन पक्षधरलाई छलफलका लागि बोलाएपछि समिति नै बनाएर अहिले वार्ता भइरहेको छ ।

विशेष महाधिवेशन पक्षबाट गुरु घिमिरे, देवराज चालिसे, मधु आचार्य र प्रदीप पौडेल वार्तामा सहभागी हुने बताइएको छ भने संस्थापन पक्षबाट कार्यवाहक सभापति  पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी रहेका छन् । त्यस्तै नेता शेखर कोइरल पक्षबाट मिनेन्द्र रिजाल र जीवन परियार रहेको बताइएको छ ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 9 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 6 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 8 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 9 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 14 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

    • February 17, 2026
    • 13 views
    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित