वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको वार्ता नहुने भएको हो ।

खेलाडीहरुले वार्ताको प्रत्यक्ष प्रशारण नगरेमा वार्ता नगर्ने अडान लिएपछि एन्फाका पदाधिकारीले सो प्रस्ताव अस्वीकार गरेपछि आफुहरु वार्तामा नबसेको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले जानकारी दिएका छन् ।

एन्फाले ए डिभिजन लिग यसैबर्ष गराउनुपर्ने माग गर्दै खेलाडी आन्दोलनमा उत्रिएका छन् ।

अध्यक्ष लामाले सूचनाको हकअन्तर्गत आफुहरुले सबै सम्बन्धित पक्षले यसबारे जानकारी पाउनुपर्ने भन्दै वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गरेको बताएका छन् । उनले आफूहरुका आन्दोलनका कार्यक्रम लगातार गर्ने बताएका छन् । 

कात्तिक १७ मा एन्फा र ए डिभिजन क्लबहरुबीच भएको सहमति अनुसार २०८३ को पुसदेखि ए डिभिजन गर्ने निर्णय गरेपछि खेलाडी आन्दोलित भएका छन् । 

पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन ।

  • Related Posts

    सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीको साइकल यात्रा समाप्त

    काठमाडौँ ।  झापा जिल्लाको काँकडभिट्टादेखी साइकल यात्रा सुरु गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक युकेश उप्रेतीको यात्रा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर समाप्त भएको छ । उनले कार्तिक २४ गते सीमा क्षेत्रको…

    वोल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्समाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 106 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 106 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट