विदेशी बजारमा कर्णालीको अदुवा

सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  ।

अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो ।

कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताइन् । उनले भनिन्, “बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहिँ लाग्नुपर्छ ।”

उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ  । एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ ।

चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्यांक छ । २२ लाख किलो खरिद गरेर र दुई सय ३० टन सुकेको अदुवा युरोप पठाउने लक्ष्य कम्पनीको छ ।

सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा एक सय ५० जना कामदार छन् । दैनिक एक सय २० जनाले काम गर्छन् । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताइन् ।

डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छन् । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा एक हजार दुई सय मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ । रुकुमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ ।

उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ । किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-