विद्यार्थी तथा अभिभावक सँग भेट्दै मेयर सिंह-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २१ असार  । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

यस वर्षको एसइई (माध्यमिक शिक्षा परीक्षा) मा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी तथा अभिभावक सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ । 

महानगर प्रमुख सिंहले आजबाट विद्यार्थीका अभिभावकसँग विद्यालयमै पुगेर भेट्ने अभियान नै सुरु गर्नु भएको छ । 

शुक्रबार आज विर्तामा रहेको श्री सुन्दरमल रामकुरमा कन्या माद्यमिक विद्यालयमा आगामी वर्ष एसईई दिने कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर छलफल गर्दै विद्यालयमा मात्रै नभई अभिभावकले घरमा पनि आफ्ना सन्ततीको पढाइको बारेमा चासो लिनु पर्ने बताउनुभयो । विद्यार्थीको शैक्षिक गुणस्तु वृद्धि गराउन विद्यालयको भौतिक संरचना, शिक्षक व्यवस्थापन तथा शैक्षिक सामग्री उपलब्ध गराउन महानगर तत्पर रहेको र शिक्षकले पनि तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो पठन पाठनका बारेमा विद्यार्थी आफै र उनका अभिभावक चनाखो भएर लागे गुणस्तर वृद्धि हुन समय नलाग्ने पनि बताउनुभयो ।

प्रमुख सिंहले भन्नुभयो, ‘सामुदायिक विद्यालयहरूलाई आवश्यक सहयोग गर्न महानगर सँधै प्रयासरत रहे पनि एसइईको नतिजा सन्तोषजनक हुन सकेन, तर आगामी दिनमा पनि यस्तै नतिजा नदोहोरियोस भनेर अभिभावकलाई पनि जिम्मेवार बनाउन प्रयास गरेका हौँ ।’

सामुदायिक विद्यालयमा अध्ययन गर्न पठाउने अभिभावकले आफ्ना सन्ततीका बारेमा चासो नराखेको र विद्यालयमा कसरी पढाइ हुँदै छ भन्ने बारेमा पनि कहिल्यै जानकारी लिने नगर्दा शैक्षिक स्थिति विग्रिएको आफूले पाएको उहाँले बताउनुभयो ।

विद्यार्थीका बारेमा जानकारी दिन विद्यालयमा बोलाउँदा पनि उनीहरुका अभिभावक उपस्थित नहुने गरेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । आज पनि अधिकांस अभिभावकहरु अनुपस्थित रहेका थिए । 

अब हरेक विद्यालयमा पुगेर अभिभावकसँगै उनीहरुका सन्ततीको अध्ययनका बारेमा जानकारी लिने अभियान नै थालेको महानगर प्रमुख सिंहले बताउनुभयो । महानगरको तर्फबाट कुनै कमी कमजोरी भए त्यसलाई सुधारेर अघि बढ्न आफू तयार रहेको भन्दै उहाँले त्यसका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको पनि बताउनुभयो ।

वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा पठन पाठन सुधार गर्न सबैको चासो हुनु पर्नेमा जोड दिनुभयो ।

  • Related Posts

    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    काँक्रेविहार (सुर्खेत), ७ साउन : विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा…

    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    झापा, ७ साउन : यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका…

    पहिलो

    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    • July 22, 2024
    • 5 views
    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    • July 22, 2024
    • 6 views
    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    • July 22, 2024
    • 6 views
    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    • July 22, 2024
    • 6 views
    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    • July 22, 2024
    • 7 views
    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 10 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै