विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत, शिक्षक आन्दोलनले पठन पाठन अवरुद्ध हुनुहुँदैन : पालिका प्रमुखहरु

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०७, बैशाख । शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनबाट विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्सा स्थित १४ वटै पालिकाका प्रमुखहरु सक्रिय भएका छन् ।

सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाउने भनेको भए पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन पुगेकाले अबदेखि प्रभावित हुन नदिन बैशाख ८ गतेदेखि १५ गतेसम्म जिल्लाभर भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत भएका हुन् ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको जिल्ला स्थित पालिका प्रमुखहरुको बैठकले तत्काल भर्ना अभियान चलाउन सम्बन्धित पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । जस्तो सुकै आपत विपत र संकटको अवस्थामा समेत विद्यार्थीहरुको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्नु पर्नेमा शिक्षकहरु विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिँदा विद्यार्थीहरुको पठन पाठन बन्चित हुने भएकाले भर्ना अभियानलाई यथासिघ्र अघि बढाउन पालिका प्रमुखहरु नै सक्रिय हुनु परेको हो ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लागेर विद्यार्थी पठन पाठनबाट बन्चित भएको हेरेर बस्न् उचित नभएको भन्दै तत्काल भर्ना अभियानलाई अघि बढाएर पठन पाठन सुरु गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकहरुले आफ्ना माग राख्न पाउने अधिकार भए पनि विद्यार्थीको पठन पाठन रोक्नु जायज नभएको बताउँदै आन्दोलनलाई उनीहरुले रचनात्मक बनाउन जरुरी रहेको बताउनुभयो ।

यस्तै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले शिक्षकहरुले संविधान विपरितका केही मागहरु पनि अघि सारेको भन्दै ती माग बाहेक उनीहरुको आन्दोलनप्रति आफूहरुको समर्थन रहने पनि स्पष्ट पार्नुभयो ।

बैठकमा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले शिक्षकको आन्दोलनका कारण विद्यार्थीहरु पठन पाठनबाट बन्चित भए पनि अपजस आफूहरुलाई नै आउने भएकाले अहिले नै सचेत भएर विद्यालय संचालन गर्ने उपाय खोज्न जरुरी रहेको बताउनुभयो ।

नेपालको संविधानले समेत आधारभूत र माद्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियान कार्यक्रम घरघरमा पुग्ने गरी संचालन गराउन सबै पालिका प्रमुखहरु एक भएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

जस्तो सुकै आपत विपत र संकटको अवस्थामा समेत विद्यार्थीहरुको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्नको लागि विद्यालयलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरी कार्यान्वयन हुँदै आएको अवस्था छ । विद्यालय शान्ति क्षेत्र घोषणा गरेर त्यही अनुरुप कार्य हुँदै आएकोमा यसको प्रमुख कार्यान्वयनकर्ता नै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको पनि उहाँले बताउनुभयो ।

आन्दोलनका कार्यक्रम परिमार्जन गरी विद्यालय संचालन हुने वातावरण बनाउन आग्रह गर्दै उहाँले सामुदायिक विद्यालय विद्यार्थी विहिन हुने अवस्था आउन नदिन ख्याल गर्न सम्बन्धित सबैलाई सचेत गराउनुभयो ।

बैठकमा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतले काठमाण्डौ केन्द्रित शिक्षकहरुको आन्दोलनमा प्रतिनिधिमुलक शिक्षकहरु मात्रै अहिले पनि उपस्थिति भइरहेको र ६० प्रतिशत भन्दा बढी शिक्षकहरु गाउँघरमै रहेकाले उनीहरु आफै जिम्मेवार भएर विद्यालय संचालन गर्नु पर्ने बताउनुभयो ।

बैठकमा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, पोखरीया नगरपालिकाका प्रमुख प्रधुम्न चौहान, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन सा तेली, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती देवी चौरसिया, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउत लगायत पालिकाका शिक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-