विद्यालयमा स्वास्थ्य शिक्षा पढाउँदै पर्वतका स्वास्थ्यकर्मी

पर्वत, ३ साउन : जिल्लामा कार्यरत हरेक स्वास्थ्यकर्मीले महिनाको एक दिन स्वास्थ्य शिक्षासम्बन्धी अध्यापन गराउन थालेका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भएकाले स्वास्थ्य समस्या र उपचार पद्धतिबारे जानकारी दिन विद्यालयमा पुगेर अध्यापन थालेका हुन् ।

विद्यार्थीमार्फत समाजमा सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना फैलाउनका लागि अनिवार्य रुपमा महिनाको एक दिन अध्यापन गराउनुपर्ने नीति लिएसँगै स्वास्थ्यकर्मी विद्यालय पुग्न थालेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम घोषणा भए पनि कार्यान्वयन हुन नसकिरहेको अवस्थामा स्वास्थ्य कार्यालयले मातहतका सबै स्वास्थ्यकर्मीलाई पायकपर्ने विद्यालयमा पुगेर महिनाको एक दिन अनिवार्य स्वास्थ्यबारे अध्यापन गराउन निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि नै स्वास्थ्यकर्मीले कम्तीमा पनि एक दिन विद्यालयमा पुगेर कुनै एक स्वास्थ्यसम्बन्धी विषयवस्तुमा अध्यापन गर्नुपर्ने नियम जारी गरिएको शर्माले बताउनुभयो । नागरिकको स्वास्थ्यलाई विद्यालय तहदेखि नै स्वस्थ राख्न र स्वास्थ्य शिक्षाप्रति बालबालिकाको ध्यानाकर्षण गराउन स्वास्थ्यकर्मीबाट कक्षा लिने प्रबन्ध गरिएको उहाँले बताउनुभयो ।

शिक्षकहरुले नियमित रूपमा दिँदै आएको ज्ञानलाई स्वास्थ्यकर्मीबाट प्रदान गरिँदा विद्यार्थीमा उक्त विषयमाथि थप विश्वसनियता बढ्ने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले यो अभियान ुरु गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । स्वास्थ्यकर्मीले सामुदायिक वा निजी विद्यालयको प्राथमिक तह (१–३) देखि माध्यमिक तह (९–१२) वा इच्छा भएमा स्थानीय तहमा रहेका क्याम्पसमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्नेछन् । ‘हरेक महिना बाँड्छौँ हामी निःशुल्क ज्ञानः एक स्वास्थ्यकर्मी एक स्वास्थ्य शिक्षा हाम्रो अभियान’ नाराका साथ साउनको पहिलो सातादेखि अभियान सुरु गरिएको छ । कार्यालयले कुन महिनामा विद्यार्थीलाई केकस्ता विषय वस्तुमा ज्ञान दिने भनेर तालिका तयार पारिएको जनाएको छ । तालिका अनुसार वैशाखमा औलो र खोप, जेठमा पोषण, महिनावारी, स्वच्छता र धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनको असर, असारमा डेङ्गु तथा लागुऔषध र यसको रोकथामको बारेमा सिकाइन्छ । साउनमा पूर्ण स्तनपान, तौल अनुगमन, विपद् र विपद् व्यवस्थापन, भदौमा आत्महत्या रोकथाम र किशोरकिशोरीको स्वास्थ्य, असोजमा रेबिज र मानसिक स्वास्थ्य, कात्तिकमा नसर्ने रोग र विषादीरहित खाद्य प्रवद्र्धनका लागि स्वास्थ्यकर्मीले कक्षा लिने भएका छन् । मङ्सिरमा एचआईभी/एड्स र लैङ्गिक हिंसा, पुसमा सडक दुर्घटना र सुरक्षा तथा सुरक्षित मातृत्व, माघमा आयोडिनको काम र प्रयोग, कुष्ठरोग तथा क्यान्सर, फागुनमा औषधिको समुचित प्रयोग, फोहर व्यवस्थापन तथा हात धुने विधि र चैतमा क्षयरोग, मुख स्वास्थ्य, खानेपानी लगायतका विषयमा स्वास्थ्यकर्मीले पढाउने छन् । कार्यालय प्रमुख शर्माका अनुसार जिल्लाका हरेक स्वास्थ्यचौकीमा चार÷पाँचजना स्वास्थ्यकर्मी छन् । गाउँका स्वास्थ्य संस्थामा बिरामीको चाप कम भएको बेलामा ती स्वास्थ्यकर्मीले आफ्नो पायकपर्ने विद्यालयमा पुगेर कक्षा लिँदा स्वास्थ्य क्षेत्रको मर्ममा प्रभावकारिता आउने अपेक्षा लिइएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्यकर्मी सबैसँग प्रविधिको ज्ञान नहुन सक्ने भएकाले कक्षा सञ्चालन गर्न आवश्यकपर्ने अध्यापन सामग्री कार्यालयले उपलब्ध गराएको छ । एउटा स्थानीय तहमा रहेका सबै स्वास्थ्यकर्मीले कम्तीमा एउटा कक्षा लिँदा मात्रै पनि यो अभियान सफल हुने स्वास्थ्य कार्यालयको विश्वास छ । जिल्लाका सातवटै स्थानीय तहमा तीन सयभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    • April 30, 2025
    • 41 views
    “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 27 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 29 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 44 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 20 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम