विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण

काठमाडौँ, १५ साउन: नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरेका हुन् ।

कार्यालयले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन् । जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण गर्दा रुख काट्ने मात्र होइन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमा वृक्षारोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौँ उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले विभाग परिसरमा बिरुवा रोपी वृक्षारोपण कार्यको सुरुवात गर्नुभयो ।

विद्युत् नियम आयोगका अध्यक्ष रामप्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य तथा रतनबहादुर ऐर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीले बिरुवा राप्नुभयो ।

अम्बा, आँप, सुन्तला, हलुवावेद, बेलपत्रलगायतका विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा मन्त्री खड्काले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षति कम गर्नका लागि वृक्षारोपण महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो ।

सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य र आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री खड्काले लक्ष्य पूरा गर्न जलविद्युत् निर्माणमा हाल बेहोरिहेका बाधाअवरोध हटाउन कानुन संशोधनलगायत काम गर्न क्रियाशील रहने बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले जलविद्युत् र प्रसारण लाइन आयोजना निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रुख कटाउन गरिने त्यसको क्षतिपूर्तिबापत र रुख काट्ने मात्र होइन रोप्छौँ भन्ने सन्देश दिन प्राधिकरण आफैँले पनि वृक्षारोपण सुरु गरेको बताउनुभयो । घिसिङले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशमा निर्यात गर्न सफलता मिलिरहेको बताउनुभयो ।

  • Related Posts

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ…

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 63 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-