विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।

यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ । 

३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीहरुबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिएका छन् । मन्त्री घिसिङले उद्योगीहरुबाट बक्यौताको किस्ता तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले भने- ‘उद्योगहरुलाई विद्युत नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौ, उद्योगीहरुका जायज मागलाई सम्बोधन गर्न सँधै तयार नै छौं ।’  

प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा लाइन काटिएको थियो ।

  • Related Posts

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका एक करोड १२ लाख ७२ हजार १६८ कित्ता…

    सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५८…

    पहिलो

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 9 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 11 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 8 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ