विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत

काठमाडौँ, १३ असारः अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्नुभएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम उक्त विधेयक पेस गर्नुभएको हो ।

मन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न बाच्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको बताउनुभएको छ ।

“प्रस्तुत विधेयकले सङ्घीय सञ्चिति कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा र कार्यका निम्ति विनियोजन गर्न सक्ने व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्दछु ।”

यसैगरी राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएको थियो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव अमेरिका भ्रमणमा रहनुभएकाले सो मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई तोकिएको जानकारी गराउनुभएको थियो ।

  • Related Posts

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पृथ्वी जयन्तीको अवसरमा

    पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति पौडेल लगायत पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै फोटो सहित

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 39 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views