विपद् प्रतिकार्यका लागि सहायता कक्ष स्थापना

खोटाङ, २६ असार : मनसुनजन्य विपद् न्यूनीकरण एवं प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । सम्भावित घटनाका पीडितको उद्धार र राहत वितरण प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय परिसरमा विपद् सहायता कक्ष स्थापना गरिएको हो ।

मनसुनजन्य विपद्मा परेकाको उद्धार र राहत वितरण प्रभावकारी बनाउन सहायता कक्षको भूमिका महत्वपूर्ण हुने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “विपद् प्रतिकार्यका लागि समन्वय तथा सहजीकरण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको छ । यो समितिले विपद्मा परेकाको उद्धार र राहत वितरण प्रभावकारी तथा व्यवस्थित गर्न भूमिका खेल्छ”, उहाँले भन्नुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले सबै स्थानीय तहहरुमा स्थानीय विपद् सहायता कक्ष स्थापना गरी सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । मनसुन अवधिभर विपद् प्रतिकार्य, राहत वितरण र उद्धारका लागि सम्बन्धित निकाय, सरोकार भएका सबै पक्षलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो ।

मुख्य राजमार्ग बाढीपहिरोको कारण अवरुद्ध हुन सक्ने हुँदा सम्बन्धित सडक आयोजनालाई सडक अवरुद्ध हुनासाथ तत्काल सञ्चालनमा ल्याउन तथा स्थानीय सडक सञ्चालन हुने अवस्थामा राख्न स्थानीय तहहरुलाई अनुरोध गरिएको छ । जिल्लामा हुनसक्ने मनसुनजन्य सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै जिल्ला अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, स्थानीय तहका अस्पताल तथा स्वास्थ्यचौकीलाई विपद्जन्य उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको समितिले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपद्अन्तर्गत बाढीबाट ८५ घरधुरीका तीन सय २० र पहिरोबाट चार सय ३९ घरधुरीका एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयले विपद्जन्य घटना आइपरेमा तत्काल उद्धार गरेर राख्न सकिने सुरक्षित ठाउँसमेत पहिचान गरेको छ ।

जिल्लामा रहेका विद्यालय तथा सार्वजनिक भवनमा छ हजार आठ सय ५५ जनालाई राख्न सकिने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । केही दिनदेखि लगातार वर्षा भए पनि जिल्लामा अहिलेसम्म ठूलो घटना घटेको छैन । अविरल वर्षाले ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची भएकोले समस्या भएको यातायात व्यवसायीको भनाइ छ ।

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा झरेको पहिरोले केही समय अवरुद्ध भए पनि अहिलेसम्म पूर्णरुपमा अवरुद्ध नभएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

  • Related Posts

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    काठमाडौँ, ७ साउनः प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा…

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    म्याग्दी, ७ साउनः मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको…

    पहिलो

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 12 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 10 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

    • July 22, 2024
    • 11 views
    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय