सिन्धुली । विपि राजमार्गको खुर्कोटबजार, सिन्धुलीबाट काठमाण्डौंतर्फ जाने सवारी साधन आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कार्तिक १३ गते देखि १५ गतेसम्म यस क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको र यो जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको देखिएकोले कार्तिक १३ र १४ गतेका साँझ ५ बजेदेखि विहान ५ बजेसम्मको समयमा विपि राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाण्डौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको जानकारी दिएको छ ।
साथै दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्ने जिल्ला प्राशासन कार्यालयले जनाएको छ । विशेष गरी विपि राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा बर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउनु हुन अनुरोध गरिएको छ ।









