दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ जेष्ठ । वडा प्रहरी कार्यालय, बिर्ताले शुक्रबार भन्सार छली पैठारी गरी बिभिन्न किसिमका लत्ताकपडाहरू सहित एक पिकअप लाई आफ्नो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका अनुसार बिशेष सुचनाको आधारमा उल्लेखित कपडाहरू लोड गरी घण्टाघर तर्फ लादैँ गरेको ले यस कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले उक्त दिन राति करिब १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०७ रामटोल नजिकै रेल्वेरोडमा बा. २० च ७८६४ नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडाहरू फेला परेको हुँदा उक्त पिकअप नियन्त्रणमा लिई रू. १९ लाख १४ हजार ९ सय मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि शनिबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको कुरा आईतबार प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।