दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०२ श्रावण । अस्थायी प्रहरी पोष्ट, गण्डक, पर्साले सोमबार दिउँसो करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा नै विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की ले दिनु भएको जानकारी अनुसार यस कार्यालय मातहत अ.प्र.पोष्ट गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले ना. ८ ख १२९४ नम्बरको सार्वजनिक बसलाई रोकी जाँच गर्दा बाराको कलैया उप महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २० को समशेर अन्सारी र सोही ठाउँ बस्ने वर्ष २० को रामविश्वास पासवानले बोकेको झोलाभित्र लागु औषध विनरेक्स १ सय ५० बोत्तल र नाईट्रोभेट ४ पत्तामा ६० ट्याब्लेट फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा पनि सूचना अधिकारी कार्की ले बताएका छन् ।