
काठमाडौं : सौर्य एयरको विमान दुर्घटनामा निधन भएका १८ जनामध्ये ५ जनाले शव बुझेका छन्।
त्रिवि शिक्षण अस्पतालमा राखिएका शवहरूको पहिचान सहितको पोस्टमार्टम सकिएपछि शुक्रबार परिवारलाई शव बुझाइएको हो।
शुक्रबार सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलाको शव परिवारलाई बुझाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी दानबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।
बाँकीलाई भोलि शनिबार पनि शव बुझाइने उनले बताए।
बुधबार त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । विमानका पाइलट मनिष रत्न शाक्य घाइते भएका छन्।
घाइते पाइलट शाक्यको हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।