दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १९ जेष्ठ । वडा प्रहरी कार्यालय, बिर्ता ले विशेष सूचनाको आधारमा एक मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
ना. ५ ख १८४५ नंवरको माल बाहक ट्रकमा विल विजक भएका अगरवत्ती, हाडवेयर र कपडा लगायतका अन्य समानहरु समेत लोड गरी बिरगंज बाट वुटवल-भैरहवा तर्फ जादै गरेको उक्त ट्रक गाडीलाई खोज तलास एवं पक्राउको लागि त्यहाँ वाट खटिएको प्रहरी टोलीले बिहीबार राति करिब ११:३० बजेको समयमा विरगंज महानगरपालिका वडा नं. ०६, महाविर स्थान स्थित सडक खण्ड बाट ना. ५ ख १८४५ नम्बरको माल बाहक ट्रकलाई फेला पारी विल विजक चेक जाँच गर्दा बिल भन्दा बढीको कपडा, हाडवेयर र अगरवत्ती लगायतका समानहरु समेत उक्त ट्रकमा लोड रहेको शंका लागी सो ट्रकलाई नियन्त्रणमा लिई ट्रकमा लोड रहेको माल समानहरु समेत अंदाजी मुल्य रु. ५७ लाख ४४ हजार ६ सय ९० र ट्रकको अंदाजी मुल्य रु. २० लाख समेत गरी जम्मा अंदाजी मुल्य रु. ७७ लाख ४४ हजार ६ सय ९० बराबरको उक्त ट्रक र सो ट्क भित्र लोड रहेको कपडा, हाडवेयर र अगरवत्ती लगायतका समानहरु समेत आवश्यक कारवाहीको लागी शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको कुरा प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले बताएका छन् ।