विश्वकप वार्मअप: क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेल खेल्दैछ । यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । 

भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन् । नियमित कप्तान रोहित पौडेल विश्वकप अघिको कप्तानहरुको बैठकका लागि गएकाले आजको खेलको कप्तानी दिपेन्द्रले गरेका हुन् । 

यस अघि नेपालले खेलेको वार्मअप खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो ।  त्यस्तै क्यानडा भने इटालीसँग पराजित भएको थियो । 

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

  • Related Posts

    न्यूजील्याण्ड टी-२० विश्वकपको सुपर आठमा, समुह डी बाट अफगानिस्तान बाहिरियो

    न्यूजील्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । मंगलबार समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले क्यानडालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुपर आठमा स्थान सुरक्षित गरेको हो । क्यानडाले दिएको…

    समराको शतकमा क्यानडाले न्यूजील्याण्डलाई दियो १७४ रनको लक्ष्य

    क्यानडाले न्युजील्याण्डलाई १७४ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह डी अन्तर्गतको खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको…

    पहिलो

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 9 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 6 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 7 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 9 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 14 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

    • February 17, 2026
    • 13 views
    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित