विश्व प्राणी दिवसको अवसरमा राजधानीमा शान्ति ¥याली


कालोझोला संवाददाता

काठमाडौँ, असोज १८ गते । विश्व प्राणी दिवसको अवसरमा राजधानीमा बलिभोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा शान्ति ¥याली कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। हेभेल्ली निर्भाणापाथ(स्वर्गिक मार्ग संघ) नेपाल काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखाले संयुक्त रुपमा आयोजना गरेको उक्त ¥यालीको शान्तिबाटिकाबाट सुरु भई भद्रकालि, सहीदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलमा आई कोणसभामा रुपान्तरण भएको थियो । ¥यालीमा स्वर्गिक मार्ग संघ नेपालका नारी, युवा तथा इकाईबाट उल्लेख्य सहभागिता रहेको थियो ।


मानवझै पशुपंक्षी तथा अन्य प्राणीहरुले समेत निर्वाह रुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै पशुवलि र प्राणी हत्या नगरौँ भन्ने जनचेतनामूलक प्लेकार्ड र ब्यानरसहित ¥यालीमा करिब ३०० जनाको सहभागिता रहेको थियो ।
नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा स्वर्गिक मार्ग संघ नेपालका उपाध्यक्ष शोभा राईको सभापतित्वमा भएको थियो । स्वर्गिक मार्ग संघ नेपालका ललितपुर जिल्ला अध्यक्ष सुजनादेवी राई, स्वर्गिक मार्ग संघ नेपालका भक्तपुरका सचिव भैरव राई, स्वर्गिक मार्ग संघ नेपालका केन्द्रीय सचिव सुष्मा बूढामगर, केन्द्रीय सदस्य रमेश नाल्बो, काठमाडौँ जिल्ला उपाध्यक्ष जितकुमार राई, शोभा राई र हरिकला राई, सचिव अरुण सुनुवारलगायतको सहभागिता रहेको थियो ।
स्वर्गिक मार्ग संघका विभिन्न शाखा, इकाईहरुले नेपालका विभिन्न जिल्लाहरुमा र विदेशमा समेत आजकै दिनमा विश्व प्राणी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भएको स्वर्गिक मार्ग संघ गोकर्णेश्वर नगर इकाईका अध्यक्ष दिनेशचन्द्र खनालले जानकारी दिनुभयो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 119 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-