विश्व बैंकले रोजगारी सृजनामा सघाउने

वासिङ्टन, डिसी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका (दक्षिण एसिया मामिला) हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् ।

वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।

यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 75 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-