विश्व मधुमेह दिवसको अवसरमा नेशनल मेडिकल कलेज द्वारा रक्तदान कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २९ कार्तिक । विश्व मधुमेह दिवसको अवसरमा बीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आयोजनामा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलेज परिसर मै भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ५७ जनाले रक्तदान गरेका कलेजका ब्लड बैंकले जनाएको छ ।

“नियमित रक्तदान, स्वस्थ्य हुनुको पहिचान” मूल नारा सहित भएको रक्तदान कार्यक्रमको उद्घाटन कलेजका प्रबन्ध निर्देशक अन्सारीले गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक अन्सारीले रक्तदान गर्नु राम्रो कुरा भएको वताए । उनले रक्तदान जिवन दान भएको भन्दै १८ बर्ष उमेर पुगेकाहरु प्रत्येक ३/३ महिनामा रक्तदान गर्न सक्ने वताए ।

रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पतालका निर्देशक डा. इशर जहान, कलेजका प्रिन्सपल डा. के. एन. सिंह, कलेजका एडमिसन एण्ड मार्केटिङ निर्देशक आविद हुसेन अन्सारी, कलेजका भाइस प्रिन्सपल प्रोफेसर डा. रविशंकर गुप्ता, नर्सिङ्ग क्याम्पसकी भाइस प्रिन्सपल बबिता सिंह लगायतको उपस्थिति रहेको थियो ।

कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति साही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चौधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सरोज प्रसाद देव, महमद जुनैद, प्रदिप कुमार चौधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रविन्द्र यादव, राजिव कुमार चौधरी, डा गुरु प्रसाद मैनाली तथा नवल किशोर यादवले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रम स्थल मै कलेजले निःशुल्क मधुमेह रोग शिविर समेत संचालन गरेको थियो, भने रगत लगायका परिक्षणमा १५ प्रतिशत छुट समेत प्रदान गरिएको कलेजले जनाएको छ । यसैगरी विश्व मधुमेह दिवसको अवसरमा बिहिबार अस्पतालका सम्पूर्ण ओविडी टिकेट समेत निःशुल्क गरिएको अस्पतालका प्रशासन शाखा प्रमुख पप्पु सिंहले जानकारी दिए ।

  • Related Posts

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ…

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 63 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-