दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २२ श्रावण । बीरगंज स्थित नेपाल मेडिटिसी बयोधा अस्पतालले आयोजना गरेको शिशु स्तनपान सप्ताहको अवसरमा आईतबार विभिन्न विधालयका शिक्षिकाहरुसंग अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।

हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाई जनचेतना अभिबृद्धि गर्ने कार्यलाई नेपाल मेडिसिटी बयोधा अस्पतालले पनि निरन्तरता दिदै बिरगंज स्थित दिल्ली पब्लिक स्कुल, डिएभी स्कुल लगायत अस्पतालमा उपचारार्थ आएका महिलाहरुलाई समेत कार्यक्रममा सहभागी गराईएको थियो ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. आनन्द रौनियारले स्तनपानको फाईदा, आवश्यकता, आमा र बच्चाको स्वास्थ्यमा स्तनपानको महत्वको बारेमा बताउनु भएको थियो ।

त्यसैगरी अस्पतालको एसिस्टेन्ट नर्सिङ्ग सुपरिटेन्डेन्ट सबिना रेग्मीले स्तनपानको सही तरीका, स्तनपान गर्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा सिकाउनु भएको थियो ।

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमाल अस्पतालले अब महिला गर्भवती भएपछि आवश्यक पर्ने प्रिनटल क्लास तथा हेल्दी बेबी क्लिनिकको शुरुवात गर्न लागेको बताउनु भयो । यसबाट गर्भवती महिलाहरुको खानपान, दैनिक ब्यायाम, जीवनशैली, स्वास्थ्यमा दिनु पर्ने ध्यान, बच्चा डेलिभरी हुंदा अपनाउनु पर्ने कार्यहरु तथा बच्चा भईसकेपछि बच्चाको हेरचाहको बारेमा पूर्णरुपमा जानकारी हुने समेत उहांले बताउनु भयो ।

कार्यक्रममा, अस्पतालका बरिष्ठ फिजिसियन डा. अभिषेक सिंह, स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. रुविना ताम्रकार गुरुङ्ग, अस्पतालकी क्लिनिकल कोर्डिनेटर डा. स्वेता झाको उपस्थिति रहेको थियो ।