दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १५ चैत । श्रीसिया नदि प्रदुषित गर्ने वीरगन्जका ५ वटा उधोगहरुलाई वीरगन्ज महानगरपालिकाले मंगलबार जनही रु. ३ लाखका दरले जरिवाना गरेको छ ।
मधेशको चैत महिनामा पर्ने महापर्व छठ को समयमा पनि श्रीसिया नदिको पानी फोहोर कालो दुर्गन्धित रुपमै बगिरहेको र त्यही पानीमा खडा भएर सोमबार सझिया घाट र मंगलबार बिहान भोरिया घाटमा हजारौ ब्रतालुहरुले सुर्य देवतालाइ अर्घ दिइ पुजा सम्पन्न गरेकोले ती ब्रतालु को साथै वीरगन्ज बासी नै निकै आक्रोशित बनेका थिए ।
महानगरले वीरगन्ज-२१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, मेरियम लेदर उधोग प्रा लि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्री सिधी टेक्सटायल्स प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई जरिवाना गरेको हो ।
नदी प्रदूषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्राचार गर्दै ७ दिनभित्र जरिवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको श्रीसिया नदि प्रदुषण नियन्त्रण अभियान समिती का सन्योजक उपमेयर इम्तियाज आलमले जानकारी दिएका छन् ।
महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही स्वरुप जरिवाना गरिएको एवं ७ दिन भित्र जरिवाना रकम नबुझाएमा प्रचलित कानुन अनुसार थप कारवाही प्रक्रिया अगाडि बढाउने उपमेयर आलम ले बताएका छन ।
यसअघि महानगरले मंसिर महिनामा उपमेयर आलमको नेतृत्वमा वीरगन्ज पथलैया औधोगिक कारिडोरको श्रीसिया नदि किनारमा रहेको उधोग हरुमा निरन्तर अनुगमन गर्दै वाटर ट्रीटमेन्ट प्लान्ट रहेको उधोग लाई सो नियमित सुचारु रुपले संचालन गरि सफा पानी मात्र नदिमा फाल्न र नभएको उधोगहरुमा तत्कालै वाटर ट्रीटमेन्ट प्लान्ट जडान गर्नु को साथै छाइ निस्कने उधोगहरुमा हावामा छाइ ननिस्कने उपकरण जडान गर्न र छाइ नदि किनार तथा नदि भित्र नफाली उचित ब्यवस्थापन गर्न चेतावनी पनि दिइएको थियो ।
महानगरले गत फागुन १६ गते उद्योगहरू बाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि परवानिपुर बाट नियन्त्रणमा लिएर रु. १/१ हजार रुपैया जरिवाना तिराएर चेतावनी दिदै छोडेको थियो ।
करिब तीन दशकदेखि प्रदूषणको चपेटामा परेको वीरगन्ज सहरको जिवनदायिनी नदिको रुपमा रहेको श्रीसिया लाई प्रदूषणमुक्त बनाउन महानगरपालिकाले विगत केही महिना यता अभियान नै चलाइरहेको छ । उक्त अभियान अन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको थियो । अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरूले त्यहाँ बाट निस्कने फोहोर (ररसायनयुक् फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु ) सिधै नदीमा फाल्दै आएको भेटिएको थियो । त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले मंगलबार ती ५ वटै उद्योगहरुलाई जरिवाना गरेको हो ।
महानगरले लिखित रुपमै चेतावनी दिँदा समेत अटेरी गरी उद्योगका फोहोर र रसायानयुक्त पानी सिधै नदीमा फाल्ने क्रम नरोकिएपछि ती ५ उद्योगहरु लाई रु. ३ लाख रुपैयाँको दरले जरिवाना गरिएको उपमेयर आलमले बताउदै सिर्सिया नदी वीरगन्जको जिवनदायिनी नदि हो जसले वीरगन्जका जनताको जन्म देखि मरण हरन सम्म साथ माया ममता प्रदान गरिरहेकोले यो नदीलाई प्रदूषित बनाउने जोसुकैको विरुद्ध कारवाही हुन्छ । श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब रोकिँदैन, अनुगमन जारी रहने र नदीलाई प्रदूषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि चेताएका छन ।
बाराको सिमरा स्थित रहेको रामवन बाट उत्पति भएको श्रीसिया नदी पर्साको वीरगन्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाईलमस, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू प्रत्यक्ष रुपमा श्रीसिया नदीमा मिसाउदा दुर्गन्धित बनेको हो । वीरगन्जका विभिन्न संघ संस्थाहरुले बर्षो देखि श्रीसिया नदि प्रदुषण प्रती चिन्ता प्रकट गर्दै बिरोधका विभिन्न कार्यक्रमहरु गर्दै आएको हुदा पनि यस अघि न महानगर , न प्रशासन ,न उधोगिहरुले नै सुनुवाइ नगरेको श्रीसिया नदि एवं वीरगन्ज प्रदुषणमुक्त अभियान का संयोजक एवं समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीले दुखेसो पोखेका छन । उहाले इ अटेर गर्ने उधोगी माथी कडा कार्वाही गर्दै सबै पक्ष मिलि नियमित अनुगमन गर्ने हो भने केही महिना भित्र नै बारा-पर्सा र खास गरि वीरगन्जबासी को गङ्गा रुपि जिवनदायिनी श्रीसिया नदि प्रदुषणमुक्त भइ पुरानै स्वरुपमा स्वच्छ निस्छल निर्वाध रुपमा बग्ने छ, त्यो हेर्ने म जस्तै अधिकान्स वीरगन्ज बासिहरुको चाहना पनि छ ।