वीरगंजमा अघोषित लोडसेडिङले जनजीवन प्रभावित, उर्जा मन्त्रालयमा मेयरको गुनासो-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २० जेठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या दीर्घकालीन रुपमा समाधान गर्न उर्जा मन्त्री दीपक खड्कासँग आग्रह गरेका छन् । मंगलबार उर्जा मन्त्रालयमा खानेपानी मन्त्री प्रदीप यादवसँगै पुगेका मेयर सिंहले मन्त्री खड्कासँग भेट गरी हालको अवस्था र त्यसले जनजीवनमा पारेको प्रभावबारे जानकारी गराउँदै समस्याको समाधानको माग गरेका हुन् ।

मेयर सिंहले पछिल्ला दिनहरूमा वीरगंज र आसपासका क्षेत्रमा ४० डिग्री सेल्सियससम्म पुगेको अत्यधिक गर्मीबीच पटक–पटक विद्युत सेवा अवरुद्ध भइरहेकाले जनजीवन कष्टकर बनेको बताए । उनले बारम्बारको अघोषित लोडसेडिङका कारण अस्पतालमा बिरामीको उपचार प्रभावित भएको, विद्यालयमा पठनपाठन बाधित भएको, बालबालिका, वृद्धवृद्धा र गृहिणी महिलाहरू बढी समस्यामा परेको, घरका विद्युतीय उपकरणहरू बिग्रिन थालेको र उद्योगहरू धराशायी अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खड्काको ध्यानाकर्षण गराए ।

मेयर सिंहले यस्तो गम्भीर समस्या सरकारको प्राथमिकतामा पर्नु आवश्यक रहेको भन्दै दीर्घकालीन समाधानका उपायहरू तत्काल सुरु गर्न माग गरे। साथै, अस्पताल, विद्यालय लगायतका अत्यावश्यक सेवामा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक परेको ठाउँमा ट्रान्सफर्मरको मर्मत वा पुनःस्थापना गर्नुपर्ने सुझावसमेत उनले दिएका छन् ।

सोही अवसरमा उर्जा मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशका प्रादेशिक प्रमुख मनोज यादवलाई टेलिफोनमार्फत निर्देशन दिँदै वीरगंज महानगरसहित आसपासका क्षेत्रमा देखिएको समस्या तुरुन्त समाधान गर्न आदेश दिएका छन्।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार मन्त्री खड्काले विशेषगरी अस्पताल तथा शिक्षण संस्थाहरूमा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक सुधार कार्य अघि बढाउन निर्देशन दिएका हुन् । वीरगंजका मेयरसँगको सहकार्यमा विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न उर्जा मन्त्रालयले गम्भीर पहल थालेको घिमिरेले बताए ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-