वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु, ड्रोनमार्फत वीरगंजको भू–तथ्यांक संकलन गरिँदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज,०२ कार्तिक । वीरगन्ज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गर्दै बैज्ञानिक ठेगाना प्रणाली लागु गर्न ड्रोन मार्फत भू–सर्वेक्षण गर्ने कार्य शुक्रबारबाट सुरु गरेको छ । भू सुशासनका लागि ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

नेपाल भारत प्रवेश विन्दु शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्य सुरु गरिएको हो । महानगर प्रमुख सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको सुरुवात गर्नु भएको हो । बढ्दो सहरीकरणसँगै जनघनत्व बृद्धि हुँदै गए पनि भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठीनाई हुँदै आएको थियो ।

भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणालीमार्फत महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख सिंहले बताउनुभयो । भू–तथ्यांक व्यवस्थापन भए पछि बैज्ञानिक ठेगाना प्रणाली लागु हुनुका साथै तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुग्ने र त्यसले कर प्रणालीमा सुधार ल्याइ कर संकलनमा समेत बृद्धि हुने हुँदा समग्र महानगरपालिकाको समृद्धिमा यसले काम गर्ने पनि उहाँले बताउनुभयो ।

युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत यो परियोजना सुरु भएको हो । महानगरपालिकाको ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को संयुक्त प्राविधिक साझेदारीमा आजबाट ड्रोन परिचालन भएको छ ।

ड्रोन मार्फत ३२ वटै वडाको तथ्यांक संकलन गर्न १० दिन लाग्ने र त्यसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याउन केही समय लाग्ने सर्वेक्षणमा संलग्न नक्सा प्रा.लि.ले जनाएको छ ।

  • Related Posts

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय…

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असार । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं. ०१ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-