वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

दीपेन्द्र प्रजापति/कालो झोला ।।

वीरगंज, ११ बैशाख । वीरगंजलाई सफा, स्वच्छ र सुन्दर बनाउन जथाभावि पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरि फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् ।

वीरगंज महानगरपालिका र पान, गुट्का तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच बुधबार भएको छलफलमा पान पसलमा अनिवार्य डस्टवीन राख्ने, जथाभावी थुक्न र फोहोर गर्न नदिन लगाउने विषयमा व्यवसायी सहमत भएका छन् ।

यस्तै गुट्का तथा सुर्ती जन्य पदार्थहरूको खुल्ला रूपमा बिक्री वितरणमा कडाइ गर्दै विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री गर्न प्रतिबन्ध लगाउन विद्यालय र अस्पताल क्षेत्र वरपर विक्री गर्न नपाइने निर्णय गरिएको छ।

सार्वजनिक स्थानमा थुक्ने र जथाभावी फोहोर गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै वीरगंजलाई सफा र स्वच्छ शहर बनाउने उद्देश्यले महानगरपालिकाले व्यवसायी संघसँग सहमति गरेर यो निर्णय गरेको हो।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भन्नु भयनो, “हामी वीरगंजलाई स्वच्छ, सफा र मर्यादित शहर बनाउनेतर्फ प्रतिबद्ध छौं। यो पहल त्यसकै एउटा महत्वपूर्ण पाटो हो।”व्यवसायी संघका प्रतिनिधिहरूले पनि सहमतिमा हस्ताक्षर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता जनाएका छन् ।

पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले विद्यालय जाने बालबालिका, अस्पतालमा उपचार गरिरहेका बिरामी र अन्य नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता पदार्थहरूको सीमित र अनुशासित विक्री प्रणालीमा सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

साथै व्यवसायी संघले नै पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरेर जथाभावी नथुक्न, र्यापर जथाभावी नफाल्न, फोहोर जथाभावी नगर्न भन्दै सचेतनामुलक जागरण र्याली प्रदर्शन गर्दै नागरिकमा सचेतना फैलाउने पनि प्रतिबद्धता जनाएका छन् । महानगरपालिकामा व्यवसाय दर्ता गरेर मात्रै आफ्नो व्यवसाय संचालन गर्न पनि उनीहरु तयार भएका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले महानगरले अब बजार अनुगमन गर्ने, नियम उल्लंघन भएमा कारबाही गर्ने र नागरिकबीच चेतना फैलाउने कामलाई तीव्र बनाउने बताउनु भयो । सार्वजनिक हितका लागि गरिएको यो पहलले वीरगंजको सफाइ अभियानमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।

  • Bishnu Timalsina

    Related Posts

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ…

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 63 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-