वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न,सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगंज निर्माण एक मात्र लक्ष्य- नगर प्रमुख सिंह

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २६ पुष । वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नगरसभाको १६ औं अबिधेशनको शुक्रबार (आज) एक समारोहका बिच महानगर प्रमुखले उद्घाटन गर्नुहुदै नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताउनुभयो ।

उहाँले चालु आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताउनुभयो ।

उहाँले बजेट कार्यान्वयनकालागि आर्थिक ऐन २०८१ मा शंसोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक बर्ष ०८१÷०८२ को बार्षीक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१, विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगंज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धि प्रस्ताब र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गर्नुभएको थियो ।

नगरसभाको १६ औ अधिवेशनले नगरप्रमुखले पेश गर्नुभएको विधेयक तथा प्रस्ताबहरु सर्वसम्मतले पारित गरेको छ । नक्सा पास नगरी निर्माण भएका पुराना घरको अभिलेखिकरण यही चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिबाना छुट दिने प्रस्ताव पनि नगरसभाबाट पारित भएको छ । जरिबाना छुटको लाभ उठाउँदै निर्माण भएका संरचनाको अभिलेखिकरणका लागि आउँदो चैत महिनाभित्र निवेदन दिइसक्न सम्पूर्ण नगरवासीलाई महानगर प्रमुख सिंहले आग्रह पनि गर्नु भयो ।

नगरसभा सम्पन्न पछि सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरागर्दै नगर प्रमुख सिंहले बैभव वीरगंज बनाउने अभियानमा वीरगंजका जनप्रतिनिधीहरु एकजुट भएको र आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप उर्जा प्राप्त भएको बताउनुभयो । उहाँले सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगंज निर्माण गर्ने लक्ष्यका साथ महानगरको टिम अगाडी बढेको पनि बताउनुभयो ।

नगरसभाको १६ औं अधिवेशनमा उप प्रमु्ख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंज महानगरपालिकाका ३२ वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, महानगरपालिकाका कार्यपालिका सदस्यहरु, महानगरका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    आज विश्व रेडियो दिवस मनाइदै

    आज विश्व रेडियो दिवस विश्वभर मनाइदैछ ।  हरेक वर्षको फेब्रुअरी १३ तारिखको दिन विश्व रेडियो दिवस मनाइने गरिएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले…

    अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सहयोग, मेयर सिंहले प्रदान गरे १६ जनालाई जनही ५ हजार रुपैयाँ-

    दीपेन्द्र प्रजापति /कालो झोला । बीरगंज , २८ माघ । अपाङ्गता भएका १६ बालबालिकालाई मेयर सिंहले प्रदान गरे जनही ५ हजार शैक्षिक सहयोग वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत…

    पहिलो

    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    • February 13, 2026
    • 21 views
    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    • February 13, 2026
    • 22 views
    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    • February 13, 2026
    • 19 views
    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    • February 13, 2026
    • 23 views
    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    • February 13, 2026
    • 20 views
    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

    • February 13, 2026
    • 21 views
    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ