वीरगंज महानगरलाई बैंकहरु द्वारा ९ थान कम्प्युटर सहयोग-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २४ मंसिर । वीरगंज महानगरपालिकालाई यहाँ रहेका विभिन्न बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन् । आज एक कार्यक्रमका बीच बैंकहरूले महानगरपालिकालाई ९ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’ नामक आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन तथा कार्यालयका सामग्रीहरू पूर्ण रूपमा नष्ट भएपछि नगरका सेवा प्रवाह प्रभावित बनेका थिए । कार्यालयको नियमित कामकाज सहज बनाउन बैंकहरूले सहयोग उपलब्ध गराएका हुन् ।

वीरगंजमा सञ्चालनमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडले एक–एक थान गरी ९ थान कम्प्युटर सहयोग गरेका छन् । महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा बैंकहरूले उक्त सहयोग उपलब्ध गराएका हुन् ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले बैंकहरूले विगत देखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै संकटको समयमा पुनः सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नु भयो । ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र समर्थन जनाउने सबै संघ–संस्थाप्रति हामी कृतज्ञ छौं । यसले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ,’ प्रमुख सिंहले भन्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकर एशोसिएशन पर्साका संयोजक एवं लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व भएको बताउँदै महानगरपालिकालाई आवश्यक उपकरणहरू सहयोग पूर्वक उपलब्ध गराएको जानकारी दिनु भयो ।

यसअघि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाल लगायत विभिन्न संघ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views