वीरगञ्ज महानगरको बजेट ६६ करोडले घट्यो, आगामी आ. व. को लागि २ अर्ब ८९ करोड ४८ लाख-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ असार । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।

शनिबार आयोजित १५ औँ नगरसभामार्फत महानगरले बजेट सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले घटेर आएको छ ।

आगामी आर्थिक वर्षका लागि महानगरले २ अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा महानगरको बजेट शंसोधित सहित ३ अर्ब ५१ करोड रहेको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सुरु भएको नगरसभामा बजेट प्रस्तुत गर्दै उप–प्रमुख इम्तियाज आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पचिस प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजश्व असुलीमा आएको सङ्कुचनको कारण राजश्व बाँडफाँड घट्न गएको, घर जग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिष्ट्रेशन आयस्रोत समेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताउनुभयो । यस्तै प्रदेश सरकारवाट शशर्त अनुदान र बिशेष अनुदानको रुपमा थप अनुदान रकम प्राप्त हुन नसक्दा समग्रमा राजश्व परिचालन लक्ष्य अनुरुप हुन नसक्दा पनि काम गर्न कठिनाई आएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगंजलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको छ ।

नगर सभामा प्रस्तुत आगामि आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत छुट्याइएको छ, भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।

त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरि बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
अधिवेशनमा महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको छ ।

  • Related Posts

    प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० श्रावण । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको  कमाण्डमा बिहीबार खटीएको टोलीले भारत बाट…

    नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० श्रावण । “अधिकार र कर्तव्यको लागि शिक्षक एकता” मूल नाराका साथ नेपाल शिक्षक महासंघ बिरगंज महानगर समिति  बिरगंज, पर्साले आयोजना गरेको दोस्रो पालिका अधिवेशन,…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-

    • July 25, 2024
    • 21 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-

    नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न-

    • July 25, 2024
    • 20 views
    नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न-

    बाँकेमा गुप्तचरमाथि आक्रमण

    • July 25, 2024
    • 7 views
    बाँकेमा गुप्तचरमाथि आक्रमण

    लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

    • July 25, 2024
    • 7 views
    लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

    पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई दिन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

    • July 25, 2024
    • 10 views
    पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई दिन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

    ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

    • July 25, 2024
    • 10 views
    ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त