वीरगन्जमा साँझ ६ बजेसम्म कर्फ्यु

 जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा लगाएको कर्फ्युको अवधि फेरी बढाएको छ ।

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म लगाइएको कर्फ्यु यसअघि दिउसो १ बजेसम्म बढाइएको थियो । तर अवस्था सामान्य नभएपछि जिल्ला प्रशासन कार्यालयले साँझ ६ बजेसम्मका लागि कर्फ्युको अवधि बढाइएको जानकारी दिएको छ

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार वीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्युको समयमा  अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्कुनुपर्ने भएमा  नजिकको सुरक्षाकर्मीसँग समन्वय गरि निस्किन आग्रह गरिएको छ । कर्फ्यु आदेशको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन संचालनका लागि सुरक्षाकर्मीहरुले सहजीकरण गर्ने बताइएको छ ।

  • Related Posts

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन शाहप्रति इंगित गर्दै काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेलाई चिन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै राउतले मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई…

    झापा पुगे ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् ।  उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 26 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 15 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 3 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट