दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ जेष्ठ । आईतबार बिहान करिब ११:४५ बजेको समयमा बाराको पचरौता नगरपालिका वडा नं. ०९ बलधुसुवा स्थित बि. ओ. पी. बेनौली बाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक लिल बहादुर थापाको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोली लाई देख्ना साथ नेपाल बाट भारत तर्फ चार जना व्यक्तिहरुले टाउकोमा बोकी लैजादै गरेको करिब ६० किलो ग्राम (चार पोका) प्रतिबन्धित लागु औषध गाँजा सोही स्थानमा छाडी व्यक्तिहरू टाढा बाट नै फरार भएको हुँदा उक्त सामान बरामद गरी ईलाका प्रहरी कार्यालय, सिम्रौनगढमा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ०२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर ले बताएका छन् ।