विष्णुप्रसाद तिमल्सिना

काठमाडौँ, १४ गते । नव जागरुक युवा क्लबले वृहत सरफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार विहान ७ बजे गौरीघाट शान्ति तीर्थघाटदेखि गुहेश्वरी मन्दिर परिसर अगाडिसम्म(नयाँपार्क) क्षेत्रमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य श्रीराम लामिछाने, का.म.पा. वडा नं. ७ का वडा अध्यक्ष विमलकुमार होडा, वडा सदस्यहरु उज्ज्वल अर्याल, सुरेश शाही, रुपा थापा क्षेत्री, कल्पना कलश सुन्दास, वडा नं. ८ का वडा सदस्य सलोनी ओडारी, निवर्तमान वडा अध्यक्ष शुद्धकुमार डंगोल, निवर्तमान वडा सदस्य तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजकी अध्यक्ष निर्मला पुडासैनी, निर्वतमान वडा सदस्य कृष्णमणि भट्टराई, सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, मैजुबहाल कल्याणकारी गुठीका अध्यक्ष हरिभक्त महर्जन, कुमारीगाल टोल सुधार समाजका अध्यक्ष रेणु गिरी, ॐ आदि फाउण्डेशनका संस्थापक सदस्य शेषराज दाहाल, गौरीनगर सुधार समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठ, गौरी मातृ महिला शक्ति समूह, काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख, नेपाल प्रहरी गौरीघाट विटका प्रमुख, सामुदायिक सेवा केन्द्र, चावहिलका अध्यक्ष रमेश महर्जन, सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलका प्रमुख विष्णु ढुंगाना, गौशाला ट्राफिक प्रहरी प्रमुख र स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नव जागरुक युवा क्लबका अध्यक्ष अमृतजंग थापाले चियापानसहित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।