काठमाडौँ । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । वेष्टइन्डिजका पूर्वकप्तान ब्रायन नेपाल प्रिमियर लिगमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।
ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए । उक्त खेलमा उनले २२ हजार ३५८ रन बनाएका छन् । उनले एउटै टेस्टमा ४०० रन बनाएका थिए ।