वेस्ट इन्डिजका पुर्व खेलाडी चन्द्रपाल बने जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक

काठमाडौँ । नेपाल क्रिकेट लिग (एनपीएपल) को च्याम्पियन टिम जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पुर्व खेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

मंसिर १ गते देखि सुरु हुने एनपीएलको दोस्रो संस्करण अगाडि बोल्ट्सले चन्द्रपाललाई मुख्य प्रशिक्षक बनाएको हो ।

एनपीएलको पहिलो सिजनमा पुबुदु दासानायकेले जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए ।  ५१ वर्षे चन्द्रपाल वेस्ट इण्डिजका महान क्रिकेटर मध्ये एक हुन् । उनी आईसीसी हल अफ फेममा समावेश भइसकेका क्रिकेटर समेत हुन् । 

चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाएका छन् ।

२०२२ मा चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बनेका थिए भने सोही वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए । 

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्समा अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्री लगायतका खेलाडी रहेका छन् ।

  • Related Posts

    वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार

    काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको…

    भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 55 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक