वेस्ट ह्याम युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वार्टरफाइनलमा लिओनलाई समग्रमा ४–१ गोल अन्तरले पराजित गर्दै वेस्ट ह्यामले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा वेस्ट ह्याम युनाइटेडले ३–० गोल अन्तरको जित हात पारेको हो।
यसअघि पहिलो लेगको खेलमा यी दुई टोलीले १–१ गोल अन्तरको बराबरी खेलेका थिए।
अब वेस्ट ह्यामले सेमिफाइनलमा आइन्ट्राच्ट फ्रान्कफर्टसँग प्रतिस्पर्धा गर्नेछ।