व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

भोजपुर, ७ साउन : यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् ।

मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका स्थानमा मौरीपालन हुने गरेको छ । मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान र आधुनिक घार बनाउने तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहज भएको स्थानीय किसान शरणकुमार बोहोराले बताउनुभयो । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उहाँले बताउनुभयो । दुई चरणमा तालिम लिएपछि आफैले घार निर्माण गर्न थालेको उहाँको भनाइ छ । अहिले उहाँले ३५ घार मौरीपालन गरिरहनु भएको छ ।

यहाँका अधिकांश क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेकाले किसानलाई प्राविधिक ज्ञानसँगै आधुनिक घार निर्माणको तालिम दिइएको वडाध्यक्ष एकराज आचार्यले जानकारी दिनुभयो । किसानलाई मौरीपालनमा जोड दिएसँगै मह उत्पादन हुन थालेको छ ।

“हाम्रो वडामा मौरीपालनको राम्रो सम्भावना छ” आचार्यले भन्नुभयो, “किसानले आ–आफ्नो तरिकाबाट मौरीपालन गर्दै आएका थिए । पराम्परागत रुपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ । मौरीपालनबाट आयआर्जनमा जोड्न प्राथमिकताका साथ काम गरिरहेका छौँ ।”

गाउँपालिकाले किसान लक्षित विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । किसानलाई तालिमसँगै मौरी घार वितरण, उन्नत जातको बाख्रा तथा बोका वितरण, सुन्तलाको नर्सरी स्थापना, लागत साझेदारीमा हाते ट्र्याक्टर, प्लास्टिक टनेल, विद्युतीय मिल, सिँचाइ पाइप, हजारीलगायतका सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

“हामीले माटो सुहाउँदो कृषि प्रणालीमा जोड दिँदै आएका छौँ”, प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो, “किसानलाई नियमित तालिमको व्यवस्था गरेका छौँ । त्योसँगै किसानलाई लागत साझेदारीमा विभिन्न आधुनिक कृषि यन्त्र उपकरण पनि वितरण गर्दै आएका छौँ ।” गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर मौरीपालन तथा कृषिका अन्य क्षेत्रमा प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।

  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पहिलो

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    • February 16, 2025
    • 68 views
    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    • February 16, 2025
    • 48 views
    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित  एक जना भारतिय पक्राउ-

    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    • February 15, 2025
    • 49 views
    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 54 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 18 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 39 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-