व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

राँझा (बाँके) । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने)गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै रु चार लाख आम्दानी गर्दै आएका छन्। उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौँदेखि सिँगडाखेती गर्दै आएका छन् ।

“अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको रु छ हजारका दरले बिक्री भइरहेको छ”, उनले भने, “व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन ।”

एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ । सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन् । माग बढी आएका बेलामा चार–पाँच जना ज्यालादारी मजदुर लगाएर सिँगडा टिपाउने गरेका किसान कश्यपले बताए।

कश्यपको आठ जनाको परिवारका सबै सदस्यले सिँगडाखेतीमा साथ दिँदै आएका छन्। बिहानदेखि साँझसम्म सिँगडा टिप्ने, जम्मा गर्ने र बिक्री गर्न भ्याइनभ्याई हुने गरेको छ । “यो हाम्रो पुर्ख्यौली व्यवसाय हो, बाउबाजेका पालादेखि नै हामीले सिँगडाखेती गर्दै आएका छौँ, यसैको आम्दानीबाट घरपरिवार चल्दै आएको छ”, उनले भने, “१५ कट्ठाभन्दा बढी तलाउको गाउँपालिकासँग वार्षिक २० हजार तिर्ने गरी भाडामा लिएको छु ।”

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले यामका बेलामा यसको माग बढी हुने गरेको छ । यामका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । असारमा तलाउमा सिँगडाको बीउ रोप्ने र कात्तिक-मङ्सिरमा त्यसबाट फल उत्पादन हुने किसान कश्यपले बताए ।

“सिँगडाको बीउ असारतिर पानीमा हाल्छौँ, कात्तिक-मङ्सिरमा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मेहनत र लगानी गर्नु पर्दैन”, उनले भने, “रोपेपछि दुई–तीन पटकसम्म आवश्यकताअनुसार कीराबाट जोगाउन विषादी तथा भिटामिन हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।”

चाडबाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको उनले बताए । अन्य समयमा भन्दा चाडबाडका बेलामा बढी माग हुन्छ, चाडबाडको समयमा स्थानीय गाउँमा स्थानीय मेला लाग्ने गर्दछन्, मेलामा धेरैजसो बिक्री हुने गर्दछ, चाडबाडमा व्रत बस्नेहरूले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खानुका साथै तरकारी पनि बनाउने गर्दछन् । यस वर्षको कात्तिक पूर्णिमा मेलामा सिँगडाको धेरै खपत भएको उनको भनाइ छ ।

भारतबाट आउने सिँगडाले गर्दा स्थानीय उत्पादन बिक्री गर्न समस्या उत्पन्न हुने गरेको छ । भारतबाट भन्सार छली गरेर, अन्य बाटोबाट आएको सिँगडा नेपालगञ्जमा सस्तो दरमा बिक्री हुन थालेपछि सस्तो दरमा बिक्री गर्नुपर्ने बाध्यता आउने गरेको किसान कश्यपले बताए ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-