शतबीज छरेर मनाइयो बालाचतुर्दशी

काठमाडौँ ।  पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको पशुपतिमा भीड लागेको थियो । 

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्लेषमान्तक वन, १०८ शिवलिंग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।  बालाचतुर्दशीको पूर्वसन्ध्या त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका थिए । 

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको पुराणमा वर्णन गरिएको छ । ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ । 

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नाम गरेका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको र सो गिदीसँगै खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । 

त्यसपछि मानिसको गिदी खाने कार्य तथा लामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थाले । त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको किंवदन्ती पनि छ । 

आफ्ना मितको हत्याबाट छटपटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभयो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गए । त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको धर्मशास्त्रविदहरुले बताएका छन् ।

  • Related Posts

    मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार अपराहन्न १२ बजे ५४ मिनेट जादा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको…

    काठमाडौँको डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 9 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 9 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक