शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्ध आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।  

न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय न्यायाधिकरणले ४५३ पृष्ठको फैसला सुनाएको हो । हसिनाले मानवता विरुद्धको अपराध र युद्ध अपराधको मुद्दाको सामना गरेकी थिइन् । हसिनामाथि हत्या, अपराध रोक्न असफलता र मानवता विरुद्धको अपराधको आरोपमा दोषी ठहर गरेको हो ।

मानवताविरुद्धको मुद्धामा यस मुद्दामा पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय दिइएको छ ।

हसिनाको फैसलाको प्रतिक्रियामा देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता घोषणा गरेको छ । ढाकामा १५ हजार प्रहरी तैनाथ गरिएको छ र हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउन आदेश दिइएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको थियो । फैसलापछि थप हिंसा हुने आशंकामा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • Related Posts

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

     विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति ६०० अर्ब डलर नाघेको छ । मस्क यो कुल सम्पत्तिमा पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्। स्पेसएक्सको ८०० अर्ब डलरको मूल्याङ्कन र यसको…

    सिड्नीको बोन्डी बीचको घटना आइएस प्रेरित- प्रधानमन्त्री अल्बानीज

    काठमाडौँ । अस्ट्रेलियाको सिड्नीको बोन्डी समुद्र तटमा १५ जनाको ज्यान जाने गरी भएको सामूहिक गोलीकाण्डपछि, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आक्रमण इस्लामिक स्टेट (आईएस) को विचारधाराबाट प्रेरित भएको बताएका छन् । …

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो