शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै महानगर प्रमुख सिंह सम्मानित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १८ जेष्ठ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रधानाध्यापक संघ नेपाल (PAN) मधेश प्रदेशले सम्मान गरेको छ ।

शनिबार जनकपुरधाममा आयोजित प्रधानाध्यापक संघ नेपाल (PAN) मधेश प्रदेशको दोस्रो प्रदेश सभा कार्यक्रमकाबीच महानगर प्रमुख सिंहलाई सम्मान गरिएको हो । वीरगंज महानगरले पछिल्ला वर्षहरूमा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवर्धन र बालमैत्री वातावरण निर्माणमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै PAN मधेश प्रदेशले नगर प्रमुख सिंहलाई सम्मानित गरेको हो ।

अस्वास्थ्यताका कारण नगर प्रमुख सिंह स्वयम् कार्यक्रममा उपस्थित हुन नसके पनि उहाँको तर्फबाट वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सम्मान ग्रहण गर्नुभएको थियो । कार्यक्रममा वीरगंजको समग्र शैक्षिक प्रयासको प्रशंसा गर्दै आयोजक संस्थाले वीरगंज महानगरलाई मधेश प्रदेशभरकै लागि प्रेरणाको पालिकाको रूपमा उल्लेख गरेको थियो ।

यस्तै महानगरकै सुन्दरमल्ल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगंजकी बाल विकास शिक्षिका गिता खनाललाई मधेश प्रदेशकै उत्कृष्ट बाल विकास शिक्षकको रुपमा सम्मान गरिएको छ, उहाँलाई नगद पाँच हजारसहित सम्मानित गरिएको हो । बालबालिकासँगको आत्मीय सम्बन्ध, शिक्षण पद्धतिमा सिर्जनशीलता र निरन्तर समर्पणका लागि उहाँलाई यो सम्मान प्रदान गरिएको हो ।

त्यस्तै, सिन्दुरिया माई आधारभूत विद्यालय लक्ष्मणवाका अभिभावक शिक्षक संघ (PTA) अध्यक्ष प्रदीप कुमार गुप्तालाई मधेश प्रदेशकै उत्कृष्ट PTA अध्यक्षको रुपमा सम्मानित गरियो । विद्यालय व्यवस्थापनमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउन उहाँले खेलेको अग्रसरतालाई उदाहरणीय ठहर गर्दै यो सम्मान प्रदान गरिएको PAN मधेश प्रदेशले जनाएको छ ।

जनकपुरमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशभरिका शिक्षकमात्र नभई विद्यालय व्यवस्थापन, अभिभावक प्रतिनिधि र शिक्षा क्षेत्रका विभिन्न तहका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका चुनौती र समाधानमाथि विचार–विमर्श गर्दै सहकार्य र समर्पणबाट मात्र समृद्ध शैक्षिक भविष्य सम्भव छ भन्ने सन्देश दिइएको थियो ।नगर प्रमुख सिंह, शिक्षिका गिता खनाल र PTA अध्यक्ष प्रदीप गुप्तालाई प्राप्त सम्मानले वीरगंजको शैक्षिक प्रतिष्ठामा थप गौरव थपेको छ। उनीहरूलाई यस उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-