दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ४ माघ । शैक्षिक शहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्सा द्वारा ठाकुरराम बहुमुखी क्याम्पस प्रध्यापक संघको लागि नवनिर्मित दोस्रो तल्ला भवनको समुदघाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान पर्साले बिहिबार ठाकुरराम बहुमुखी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी प्रध्यापक संघको लागि नवनिर्मित दोस्रो तल्ला भवनको समुदघाटन एवं हस्तान्तरण गरेको हो ।

स्व. मुकुन्द प्रसाद खनालको स्मृति दिवसको अवसर पारी क्याम्पसका अवकास प्राप्त प्रध्यापकहरुको दोसाला ओढाएर सम्मान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा उपस्थित वक्ताहरुले शैक्षिक सहिद स्व. खनालले शिक्षा क्षेत्रमा गर्नुभएको योगदानकै कारण वहाँ हामी बीच जिवित रहनुभएको जनाउनुभयो । शैक्षिक सहिद स्व. खनालले विरगंज देखि गौशाला सम्म शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुभएको कुरा सबैले स्मर्ण गरेका थिए ।

कार्यक्रममा प्रध्यापक संघका पूर्व सभापती शत्रुधन यादव , डाक्टर हरेराम यादव , कर्मचारी संघका अध्यक्ष किशोरी चौधरी , बार एशोसिएसनका अध्यक्ष कमल मोहन पोखरेल , पूर्व क्याम्पस प्रमुख , प्रध्यापक डाक्टर महेन्द्र गुप्ता , केदार प्रसाद साह , डाक्टर उमेश चौरसीया , अवधेश कुमार झा , प्रकाश थारु प्रतिष्ठानका अध्यक्ष प्रकाश थारु , वरिष्ठ दन्त डाक्टर मनोज उपाध्याय , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी स्व. मुकुन्द प्रसाद खनालको माइलो ज्वाई वरिष्ठ अधिवक्ता सुजित पोखरेल , स्व. मुकुन्द प्रसाद खनालका माइलो छोरी अधिवक्ता मनु खनाल , स्व. मुकुन्द प्रसाद खनालको कान्छो छोरी ज्वाई शैलेश रेग्मी , कान्छो छोरी उच्च अदालत विटारनगरका न्याधिश ममता खनाल , पदम प्रसाद सुवेदी , मधेश विश्व विधालयका उपकुलपति दिपक शाक्य , प्रध्यापक संघका सभापती डाक्टर प्रमोद कुमार कुश्वाहा , ठाकुरराम बहुमुखी क्याम्पसका निमित क्याम्पस प्रमुख अनील कुमार रमन , प्रतिष्ठानका संस्थापक सल्लाहकार एवं जेठा छोरी ज्वाइ प्रकाश उपाध्याय, स्व. मुकुन्द प्रसाद खनालका भतिजा कमल कुमार उपाध्याय लगायतको उपस्थिती थियो ।

कार्यक्रमको अध्यक्षता शैक्षिक शहिद स्व. मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका सभापती श्रीमती मुना खनाल गर्नु भएको थियोे । कार्यक्रमको प्रमुख अतिथी ठाकुरराम बहुमुखी दाता परिवारका संजय कुमार तथा शशी रंजन कलवारको रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रध्यापक संघका पूर्व सभापती शत्रुधन यादवले गर्नुभएको थियो । भने शैक्षिक शहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका सचिव लालबावु सिंहले कार्यक्रम संचालन गर्नुभएको थियो । द्धन्द कालमा शैक्षिक सहिद स्व. खनाललाई बाराको पिलुवामा बसमा आगो लगाएर मारिएका थिए । उहाँसँग १९ जनाको मृत्यु भएको थियो ।