सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ चोकटीका ३२ बर्षिया राजकुमार थामीले आफ्नो श्रीमान श्रीमती बिच भएको झगडालाई लिएर आज बिहान करिब ८ बजे तिर आफ्नै घर तोडफोड र आगजनी गरेको छ । तोडफोड गर्ने क्रममा सिसाका झ्यालहरु पूर्णरुपमा तोडफोड गरेको छ ।

आगो लगाउने क्रममा करिब ४० किबि काठ नस्ट भएको छ भने श्रीमतीलाई कुटपिट गरि घाईते बनाएको छ साथै केही खाध्यन्न नस्ट भएको छ । दुई छोरा र एक छोरीको आमा बुबाको झगडाले बच्चाहरु त्रसित छन् ।

घटनाको जनकारी पछि पिस्कर चौकीबाट आएको प्रहरीको स्थलगत चेकजाँच पछि ईलाका प्रहरी चौकी बाह्रबिसेमा निज राजकुमार थामीलाई थुनुवामा राखिएको छ भने भोली दुबै पक्षलाई बोलाई मेलमिलाप वा केस चलाउने पारिवारिक स्रोत दुर्गा थामीले बताउनु भएको छ ।