श्रोत नखुलेको लाखौं रुपैंया सहित तीन जना भारतीयलाई पर्सा प्रहरी द्वारा पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार श्रोत नखुलेको लाखौं रुपैंया सहित दुई वटा मोटरसाइकल र तीन जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नं. १०, मकालु चोक बाट भारतको बिहार राज्य, बेतिया जिल्ला, बैरिया थाना वडा नं. ०८, मथौली घर भई हाल वीरगंज महानगरपालिका वडा नं. ०२, छप्कैयामा बस्ने सफी अहमदको छोरा बर्ष ५० को अनवर मियाँ र निजका छोरा बर्ष २२ को महमद कैफ अहमदको साथ बाट श्रोत नखुलेको रु. ४ लाख ३० हजार ९ सय ५० तथा निजहरु ले चलाई रहेको भारतिय नम्बर BR 22 H 6338 को मोटरसाईकल आफ्नो नियन्त्रणमा लिएको हो ।

यसै गरी भारत कै बिहार राज्य, जिल्ला मोतिहारी, थाना दरपा, ग्राम पञ्चायत गम्हरियाकला वडा नं. ०३ बस्ने गफुर मियाको छोरा बर्ष ४८ को फूल महमदको साथ बाट लु ४१ प ६८९७ नम्बरको मोटरसाईकलमा सहित श्रोत नखुलेको रु. २ लाख ४१ हजार गरि जम्मा रु. ६ लाख ७१ हजार ९ सय ५० बरामद भएको छ ।

बरामद गरिएको रकम र उल्लेखित नम्बरको दुई वटा मोटरसाइकल सहित हुण्डी कारोवारीमा संलग्न देहाय बमोजिमका व्यक्तिहरूलाई स्रोत नखुलेको हुण्डीको रकम सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निजहरू बिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालत बाट तीन दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय