दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०७ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ०१:५० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, भन्सार मेनगेट बाट श्रोत नखुलेको रु. ८ लाख ७ हजार सहित मानिस तथा भारतीय नम्बर प्लेटको मोटरसाईकल आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन नं.१३ गण पर्सा बाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजय कुमार सिंहको कमाण्डमा ०३ जना र प्र.सि.सु.गुल्म बिरगञ्ज बाट सशस्त्र प्रहरी सहायक निरीक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको ०७ जनाको संयुक्त टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेको BR 05 BF 0469 नम्बरको मो.सा.लाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उल्लेखित रकम फेला परेको हुदा तथा मोटरसाईकल को अंदाजी मुल्य रु. १ लाख ५० हजार गरि जम्मा रु. ९ लाख ५७ हजार बराबरको र मानिस पर्सा जिल्लाको सखुवापर्सौनी गा.पा. ०५ बस्ने अन्दाजी बर्ष ४३ को राजेश कुमार साह तेली लिई बिरगञ्ज भन्सार कार्यालय मा बुझइएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की ले बताएका छन् ।










