सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । शुक्रबार बिहान महाराजगन्जस्थित देउवा निवास पुगेर मन्त्री खरेलले भेटवार्ता गरेका हुन् ।
भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
त्यस्तै मन्त्री खरेलले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि आज भेट गर्दैछन् । निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको भन्दै सक्रिय सहभागी नभएपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।







