सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन् ।
नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उनले चुनाबमा उठ्ने भनेर आफ्नाबारे बाहिर आएका समाचारमा सत्यता नरहेको बताएका हुन् ।
मिडियामा आएका आफ्ना समाचारकाबारे स्पष्ट पार्दै मन्त्री खरेलले भने- ‘म चुनाबमा उठ्ने रे भन्ने कराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठन् रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनाबमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमामा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनेको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।’
प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वका सकरारको ध्यान सफल रुपमा चुनाब गराउनु नै रहेको बताउदै उनले आफ्नो ध्यान चुनाबमा केन्द्रीत भएपनि फरक ढंगले समाचार आउनुलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ।
पत्रकारिताले विश्वसनीयता, सन्तुलन र सत्यतथ्यलाई कायम राख्नुपर्नेमा जोड दिदै उनले फागनु २१ मा निर्वाचन हुदैछ, उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित ढंगबाछ सम्पन्न हुने बताए ।








