सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव

काठमाडौँ, २ साउन : नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा आज सुझाव पेस गरेको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले सञ्चारमन्त्री गुरूङ समक्ष सञ्चार क्षेत्रका कार्यक्रम सम्बन्धी १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रका १३ बुँदे सुझाव पेस गरेको हो ।

सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थालगायत छन् ।

सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरूङले यसलाई गम्भीरताका साथ कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिनुभयो ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 16 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-