सडक अवरोध हटाउन विज्ञसहितको दु्रत प्रतिकार्य टोली

मकवानपुर, १६ साउनः बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्रका सडकमा विपद्बाट हुनसक्ने अवरोध तुरुन्त हटाउने उद्देश्यले विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले मन्त्रालयले विज्ञको सहायता लिने गरी भौतिक पूर्वाधार विकास निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच जनाको द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरेको जानकारी दिनुभयो ।

सवारी चाप भएका सडकमा वर्षादजन्य तथा प्राकृतिक विपद्का कारण आपत्कालीन आवागमनसमेत अवरुद्ध हुने र न्यूनतम सूचना प्रवाह तथा समन्वयको अभावमा वैकल्पिक पहँुचमार्ग पहिचान र सञ्चालन गर्न नसक्दा सर्वसाधारणले सास्ती भोग्दै आएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मास्केले सो टोलीले अवरुद्ध मुख्य प्रादेशिक सडकहरुको निरन्तर पहिचान गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रूपमा अवरुद्ध सडक यथाशीघ्र स्रोतसाधन प्रयोग गरेर छिटो सुचारू गर्ने बताउनुभयो । उक्त टोलीले अन्तरनिकाय समन्वय गर्ने, विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने, प्रचलित कानुनको अधिनमा रही कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने पनि जनाइएको छ ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 49 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 76 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-