सडक खुलेको २५ वर्षपछि स्तरोन्नति

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका-३ धम्जा देउराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पच्चीस वर्षअगाडि ‘ट्रयाक’ खुलेको सडकको यसै वर्ष स्तरोन्नति गर्न थालिएको हो । स्तरोन्नतिका ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

मध्यपहाडी लोकमार्गको काठेखोलादेखि डुडियाँ-तङ्ग्राम-धम्जा देउरालीसम्मको १८ किलोमिटर सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिए । संघीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. ९६ लाख ५३ हजार पाँच सय २३ लागतमा सडक फराकिलो, नाली निर्माण र ग्रोभेलिङ गरिने उनको भनाइ छ ।

साढे दुई दशकसम्म सडक स्तरोन्नति नहुँदा काठेखोलाको वडा नम्बर ३, ४ र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । दुई वर्षअगाडि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको रु. एक करोड लागतमा सडकको विभिन्न खण्डमा काम भएको उनको भनाइ छ ।

उनले भने, “सडक खुलेको लामो समय बित्यो, यतिका समयसम्म सडकको स्तरोन्नति नहुँदा नागरिकले सास्ती खेप्नुपरेको थियो, अब सहज हुँदै जानेछ, गाउँपालिकाले सामान्य रूपमा साँघुरो ठाउँमा फराकिलो बनाउने र भत्किएको स्थानमा पर्खाल लगाएर निरन्तर गाडी सञ्चालन हुने गराउँदै आएका थियौँ, अब पक्की नालीसहित ग्राभेलिङ हुनेछ, जसले यातायातका साधन चल्न समस्या हुनेछैन ।”

काठेखोला-४ का स्थानीय प्रेमबहादुर पुनले सदरमुकाम नजिकको गाउँ जोड्ने सडक अहिलेसम्म स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको बताए । हिउँदमा धुलो उडाउँदै गाडी चले पनि बर्खाको सडक सञ्चालन नहुने उनको भनाइ छ । उनले वर्षौँदेखि तङ्ग्राम र धम्जाका स्थानीय धुलो र हिलोमा सास्ती खेप्दै यात्रा गरेको स्मरण गरे ।

स्थानीय कुलबहादुर विकले बर्खाको समयमा गाउँमा कोही अपरझट बिरामी परे ढोकोमा बोकेर अस्पताल लैजानुको विकल्प नभएको सुनाए । बर्खाका झन्डै तीन महिना पहिरोले सडक बन्द हुँदै बजार जोड्ने मुख्य सडक स्तरोन्नतिपछि यात्रा गर्न र सामान ढुवानीमा सहज हुने उनी बताउँछन् ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 36 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-