सडक स्तरोन्नतिपछि स्थानीयवासीमा उत्साह

टक्सार (भोजपुर), १३ साउनः भोजपुर नगरपालिका–९ काफ्ले हुँदै वडा नं १० भैसिपङ्खा जोडने काफ्ले–महभिर–खुरिला–मिलन चोक सडक स्तरोन्नति भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को सहरी विकास मन्त्रालयमार्फत विनियोजित बजेटबाट ग्रामीण सडक स्तरोन्नति गरिएको हो । एक करोड १० लाखमा सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको स्थानीय सविना राईले बताउनुभयो । निर्माण व्यवसायी र उपभोक्ता समितिमार्फत सडक निर्माण भएको हो । काफ्ले–महभिर–खुरिलादेखि नोरपायासम्म सविन निर्माण सेवा नामक कम्पनीले ८० लाखको लागतमा सडक स्तरोन्नति गरेको हो । उपभोक्ता समितिमार्फत ३० लाख लागतमा मिलन चोकदेखि असिनेसम्मको सडक स्तरोन्नति गरिएको भोजपुर नगरपालिका–१० का वडाध्यक्ष सुबिन राईले जानकारी दिनुभयो । वडाध्यक्ष राईका अनुसार सडक चौडा गर्ने, खोला क्षेत्रमा कजवे निर्माण, सोलिङ, ढलान, पर्खाल लगाउनेलगायतका काम गरिएका छन् । मिलन चोक क्षेत्रबाट करिब दुई सय मिटर सडक ढलान भएको छ । यस्तै, महभिर खोला, काल्चे खोला, खुरिला खोला साछिम खोलालगायतका क्षेत्रमा कजवे निर्माण गरिएको छ । साँघुरो तथा सानो सडकका कारण समस्या हुने गरेको अवस्थामा अब सवारी साधन सहजरुपमा सञ्चालन हुने स्थानीय ज्ञानबहादुर राईले बताउनुभयो । सडक स्तरोन्नतिले कृषि उपज व्यापारमा सहज हुने राईको भनाइ छ । ट्र्याक्टर, मोटरसाइकलसमेत नचल्ने अवस्थाको सडक स्तरोन्नति हुँदा स्थानीयका लागि सुविधा भएको स्थानीय लक्ष्मी राईले बताउनुभयो । राईले भन्नुभयो, “नाम्लो र डोकोको भरमा स्थानीयस्तरमा उत्पादित सामग्रीहरु हाट बजारसम्म पु¥याउनुपर्ने अवस्थामा अब सडक बनेपछि सहज भएको छ ।”

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 84 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-