सत्य सेवा सुरक्षणमको खिल्ली उडाउँदै वरिष्ठ हवल्दार पटेलको सरुवा पुन: मकवानपुर मा-

कालो झोला संवाददाता/मकवानपुर ।

मकवानपुर, १५ असार । सत्य सेवा सुरक्षणमको खिल्ली उडाउँदै नेपाल प्रहरी प्रधान कार्यालय ले १२/१३ वर्ष देखि मकवानपुर जिल्लाको विभिन्न यूनिट हरु देखि जिल्ला प्रहरी कार्यालय, मकवानपुरको मुद्दा शाखामा कार्यरत रही मोटो रकम उठाई आफ्नो उच्चपदस्थ अधिकारीहरु को मन जित्न सफल भएका वरिष्ठ प्रहरी हवल्दार जयश्वर प्रसाद पटेल पुनः फर्केर मकवानपुर जिल्लामा आउँदै छन् ।

हाल जिल्ला प्रहरी कार्यालय, दोलखा, चरिकोटको मुद्दा शाखामा कार्यरत रहेका प्रहरी हवल्दार जयश्वर प्रसाद पटेलको दरवन्दी ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुर रहे ता पनि निज हवलदार पहिलै देखि जिल्ला प्रहरी कार्यालय, मकवानपुरको मुद्दा शाखामा करिब १२/१३ बर्ष देखि कार्यरत रहि निजको नाममा पटक-पटक बेनामी उजुरी परेको, निज पटक-पटक सेवा ग्राहीहरु सँग मोटो रकम असुली गरेको र तस्करहरु सँग समेत मिलोमतो गरेकोले निज प्रहरी हवलदार जयश्वर प्रसाद पटेललाई डि.आई.जी. कार्यालय, हेटौडा मकवानपुरले सजाय सवरुप दंगा नियन्त्रण कार्यालय, मकवानपुरमा पठाई केहि दिन राखी पुन: प्रहरी गण रातोमाटे, मकवानपुरमा पठाई केहि समय पछाडी निजलाई सजाय स्वरुप जिल्ला प्रहरी कार्यालय, दोलखा, चरिकोटमा पठाएकोमा हाल निज प्रहरी हवलदार जयश्वर प्रसाद पटेल बरिष्ट प्रहरी हवलदार भए पश्चात पुन: प्रहरी प्रधान कार्यालय मा मोटो रकम खुवाई आफनो दरवन्दी सशस्त्र प्रहरी सेना मुख, मकवानपुरमा बनाएको हो ।

नेपाल प्रहरी जस्तो पवित्र संग्ठनमा एउटा प्रहरी जवान पदमा जागरि खाएको प्रहरी वरिष्ट हवलदार जयश्वर प्रसाद पटेल प्रहरी जवान देखि हाल सम्म मकवानपुर जिल्ला प्रहरी कार्यालयमा तथा मातहतको प्रहरी कार्यालयमा समेत ४ चोटी सम्म लगातार आफनो दरबन्दी बनाई सर्वसधारण सेवाग्राहीहरुलाई दु:ख दिने जस्ता कार्यहरु गर्दै आई राखेकोले एकै ठाउँमा १२/१३ बर्ष सम्म कार्यरत रहन र पटक-पटक एकै ठाउँमा दरबन्दी बनाउन उपयुक्त नदेखिएको र एकै ठाउँमा पठाउन समेत उपयुक्त नदेखिएकोले प्रहरी संगठनको प्रमुखको ध्यानाकर्षण गराइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-