सन्दीपलाई अमेरिकाले दियो भिसा

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । केही दिन अगाडि नै उनको भिसा लागेको स्रोतले बताएको छ ।

आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरूलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् ।

क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जाने तालीका छ । नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि २० म्याच खेल्नेछ ।

क्यानाडापश्चात अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । यसअघि अमेरिकामै आयोजना भएको टि २० विश्वकपमा जान सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटकको प्रयासमा पनि अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरेको थियो ।

  • Related Posts

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०८ चैत । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगंज महानगरपालिकाले आज इफ्तार आयोजना गरेको छ । आपसी भाई चारा अभिबृद्धि हेतु महानगरपालिकाले आदर्शनगर स्थित…

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ चैत । आज विश्व मुख स्वास्थ्य दिवस । यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा ‘खुशी मुख खुशी मन’ भन्ने रहेको छ । यस…

    पहिलो

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    • March 21, 2025
    • 24 views
    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 24 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 25 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 52 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 77 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 40 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-